असोज १०, काठमाडौँ । टी–२०आई क्रिकेटमा नेपालका युवा क्रिकेटर तथा अलराउण्ड कुशल मल्लले विश्व कीर्तिमानी शतक प्रहार गरेका छन् ।
चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेट अन्तर्गत मंगोलिया विरुद्ध अहिले भइरहेको खेलमा ३४ बलमा शतक पूरा गर्दै कुशल मल्लले विश्व कीर्तिमान बनाएका हुन्।
उनले भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरले ३५ बलमा शतक प्रहार गर्दै बनाएको कीर्तिमान तोडेर ३४ बलमा शतक पूरा गर्ने कीर्तिमान बनाएका हुन ।
- न्युज बहार संवाददाता