पुस २, काठमाडौँ । आज नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ।
आजको खेल साँझ ६ बजे काटमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
काठमाडौँ
रेजर्स शीर्षस्थानको धनगढीसँग अंक बराबरी गनेयोजनामा रहँदा धनगढी आजको खेल जित्दै
शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा रहेको छ ।
धनगढी अहिलेसम्मका
खेलमा अपराजित रहेको छ । ५ खेलमा खेलेको धनगढीले तीनमा जित र दुईमा बराबरी गर्दै
११ अंक जोडेको छ ।
यस्तै, काठमाडौँ रेजर्सले दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोर्दा ८ अंकसहित चौथो स्थानमा रहेको छ ।
- न्युज बहार संवाददाता