कार्तिक १४, काठमाडौँ । सोमबारदेखि घरेलु मैदानमा सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा आज नेपालले मलेसियासँग खेल्नेछ ।
नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको छ भने अब मलेसियासँग खेल्दा सेमिफाइनलतर्फ पनि नजर जाने छ ।
कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो सवा १ बजे नेपाल र मलेसियाबीचको खेल सुरु हुनेछ ।
ओमान र
सिंगापुरबीच आज नै समूह ‘ए’अन्तर्गत बिहान ९ बजे खेल सुरु हुनेछ ।
यदि आजको खेलमा नेपाल र ओमान दुवै विजयी भएको खण्डमा समूहको अन्तिम खेलअघि नै दुबै
टिमले सेमिफाइनलमा स्थान पक्का गर्नेछन्।
- न्युज बहार संवाददाता