कार्तिक
१२, काठमाडौँ । आज आइतबार आईसीसी एकदिवसीय विश्वकपमा साबिक विजेता राष्ट्र
इङ्गल्यान्ड र घरेलु टोली भारतबिच प्रतिस्पर्धा हुँदै छ ।
जारी
विश्वकपमा यी दुबै टोलीले आ-आफ्नो छैटौँ खेल खेल्न लागेका छन। आजको खेल लखनउस्थित
एकाना क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो २:१५
बजे सुरु हुनेछ ।
जारी
विश्वकपमा भारत हालसम्म आफूले खेलेको पाँचवटै खेलमा विजयी भएको छ । साबिक विजेता
इङ्गल्यान्डले यसका विपरीत अत्यन्तै निराशाजनक प्रदर्शन गर्दै आफूले खेलेका
पाँचमध्ये चार खेल हारेको छ ।
- न्युज बहार संवाददाता