कार्तिक
१३, काठमाडौँ । एसियाली क्षेत्रका आठवटा राष्ट्र सोमबारदेखि सन् २०२४ मा आयोजना
हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्ने लक्ष्यसहित नेपालका
दुईवटा रंगशालामा प्रतिस्पर्धा गर्ने भएका छन ।
सोमबार छनोट
प्रतियोगिताको पहिलो दिन चारवटा खेल हुने भएका छन। सिंगापुर र नेपालबिचको खेल कीर्तिपुर
मैदानमा हुनेछ । यो खेल नेपाली समयअनुसार, बिहान ९ बजेदेखि सुरु हुनेछ । बजेदेखि
नै मुलपानी क्रिकेट मैदानमा यूएई र बहराइनबिच दोस्रो खेल हुनेछ ।
यसैगरी कीर्तिपुर
मैदानमा सोमबार नै ओमान र मलेसियाबिच तेस्रो खेल हुनेछ । यो खेल नेपाली समयअनुसार, दिउँसो १ : १५ बजे सुरु हुनेछ । सोही अर्थात दिउँसो
१ : १५ बजेकै समयमा मुलपानी क्रिकेट
मैदानमा हङ्कङ र कुवेतबिच चौथो खेल खेलिने छ ।
यो एसियाली
क्षेत्रको आगामी टी-२० विश्वकपका लागि अन्तिम छनोट प्रतियोगिता हो ।
- न्युज बहार संवाददाता