साउन २१, काटमाडौँ । नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नियुक्त भएकी छन् ।
पहिलो पटक नेपालले महिला क्रिकेट टिमका लागि महिला प्रशिक्षक ल्याएको हो । उनी नेपाल आइपुगेकी छन । आइतबार बिहान आफ्नो सामाजिक सञ्जालमार्फत नेपाल क्रिकेट संघ (क्यान)ले यो कुराको जानकारी दिएको हो।
- न्युज बहार संवाददाता