Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज नेपाल सुपर लिगमा डबल हेडर, प्लेअफमा पुग्ने दौडमा झापा एफसी

  •   ३ वर्ष अघि | ६ पुस २०८०, शुक्रबार

पुस ६, काठमाडौँ । आज नेपाल सुपर लिग २०२३ अन्तर्गत डबल हेडर डे अर्थात दुई खेल हुँदैछन् ।

यसअघि नै दोस्रो स्थानमा रहेको धनगढी एफसीप्ले अफमा स्थान पक्का गरिसकेको पोखरा थण्डर्ससँग  प्रतिस्पर्धा गर्दै छ । आजको यो खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

७ खेलबाट  शीर्ष स्थानमा रहेको १४ अंकसहित पोखराले धनगढीसँग जित वा बराबरी जे भएपनि शीर्ष स्थानमै रहने पक्का छ ।

उता धनगढीले प्लेअफमा स्थान बनाइसकेको छ भने आजको खेल जिते शीर्ष स्थानमा पुग्ने छ । 

यस्तै आज साँझ ५ बजे दशरथ रंगशालामै एफसी चितवन र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ । ७ खेलबाट १० अंकसहित झापा चौथो स्थानमा रहेको छ । समान खेलबाट ६ अंकसहित चितवन अन्तिममा रहेको छ ।

  • न्युज बहार संवाददाता

थप