जेठ ९, काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप
लामिछानेलाई भिसा दिन अस्विकार गरेको छ। सन्दीपले आइसिसी टी-२० विश्वकप २०२४ का
लागि अमेरिका जाने तयारीमा रहेको आफूलाई अमेरिकी दूतावासले भिसा नदिएको उल्लेख
गरेका छन्।
जबरजस्तीकरणी
मुद्दामा उच्च अदालतले सफाइ दिएपछी उनलाई नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गर्दै
विश्वकपका लागि नेपाली टिममा राख्नका लागि आइसिसीसँग सहमति लिएको थियो। आइसिसीको
सहमतिसँगै सन्दीप अमेरिका जान लागेका थिए।
हाल
नेपाली टोली अमेरिकामा विश्वकपको तयारीमा रहेका छन ।
- न्युज बहार संवाददाता