माघ २९, काठमाडौँ । क्यानडाले तेस्रो तथा
अन्तिम एक दिवसीय क्रिकेटमा नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । आज त्रिवि क्रिकेट
मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट
गुमाएर २३२ रन बनाएको छ ।
हेमन्त
धामीले नेपालका लागि आफ्नो डेब्यु खेलमै ३ विकेट लिएका छन् भने अब नेपालले
केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ ।
- न्युज बहार संवाददाता