जेठ २, काठमाडौँ । नेपाल क्रिकेट
संघ(क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका
र वेष्टइण्डिज पठाउने तयारी गरेको छ ।
जबरजस्तीकरणी
मुद्धामा सन्दीपलाई उच्च अदालत पाटनले सफाई दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने तयारी
गरेको हो ।
क्यानका
कोषाध्यक्ष पदम खड्काका अनुसार भोली सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउने
तयारी भएको हो । उनले जनाए अनुसार सन्दीपले १०० प्रतिशत विश्वकप खेल्न पाउनेछन ।
क्यानले
आफ्नो खर्च गरेर भएपनि सन्दीपलाई विश्वकप खेल्न पठाउँने कोषाध्यक्ष खड्काकाले
जनाएका छन ।
- न्युज बहार संवाददाता