भदौ ४, काठमाडौँ । बार्सिलोनाले ला लिगाको नयाँ सिजनमा पहिलो जीत निकालेको छ । ला लिगाको नयाँ सिजनमा साबिक विजेता समेत रहेको बार्सिलोनाले पहिलो जीत हात पारेको हो। बार्सिलोनाले आइतबार घरेलु मैदानमा भएको खेलमा क्याडिजलाई २–० गोलले पराजित गरेको छ ।
बार्साले बराबरी तर्फ अघि बढिरहेको खेलमा अन्तिम समयमा दुई गोल गर्न सफल भएको थियो ।
- न्युज बहार संवाददाता