Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रोहितसँग झगडा गर्ने बंगलादेशका तान्जिम हसन सकिबलाई आईसीसी गर्यो कारबाही

  •   २ वर्ष अघि | ५ असार २०८१, बुधबार

असार ५, काठमाडौँ । सोमबार भएको खेलमा टी-२० विश्वकप २०२४ मा नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारबाही गरेको छ ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आईसीसीले उनलाई कारबाही गरेको जानकारी दिएको हो । यस कारबाहीले उनको म्याच फिको १५ प्रतिशत रकम काटिने भएको छ ।

दुबै बिचमा खेलको तेस्रो ओभरको अन्तिम बलपछि तान्जिम र रोहितबीच उक्त घटना भएको थियो ।

तान्जिमले रोहितलाई हातले धक्का समेत दिएका थिए । रोहितलाई आसिफ शेखल र ताम्जिमलाई लिटन दासले थप झगडा गर्नबाट रोकेका थिए ।

आईसीसीको आचार संहित २.१२ खेलाडी र खेलाडी समर्थकबीचको नियम उंलङ्घन गरेको हुँदा तान्जिम कारबाहीमा परेका हुन् । तान्जिमले उक्त खेलका म्याच रेफ्री रिचर्ड्सनसँग गल्ती स्वीकार समेत गरेका छन् । 

  • न्युज बहार संवाददाता

थप