भदौ १३, काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको छ ।
पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीलाई नेपाली बलरहरुले दबाबमा राखेका थिए ।
नेपालका लागी करण केसी, कप्तान रोहित कुमार पौडौल, सन्दिप लामिछाने र सोमपाल कामीले विकेट दिलाएका थिए।
- न्युज बहार संवाददाता