असार १९, काठमाडौँ । सातौं स्थानको प्लेअफको लागि जिम्बाब्वेमा भइरहेको आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत नेपालले आज टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
नेपाल विश्वकप छनोटबाट बाहिरिसकेको छ भने नेपालका लागि आयरल्याण्डविरुद्धको खेल यो प्रतियोगिताको अन्तिम खेल हुनेछ।
जिम्बाब्वेको हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा नेपाल र आयरल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुनेछ ।
आयरल्याण्डसँग नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक खेल्दैछ ।
टी-२० अन्तर्राष्ट्रिय तर्फ भने नेपालले आयरल्याण्डसँग ३ खेल खेलेको छ र तिनै खेलमा पराजित भएको छ ।
- न्युज बहार संवाददाता