भदौ २७, काठमाडौँ । अर्जेन्टिनाले कप्तान लियोनेल मेस्सी बिना पनि विश्वकप छनोट खेलमा बोलिभियामाथि सहज जीत हात पारेको छ । मंगलबार भएको उक्त खेलमा अर्जेन्टिना ३–० गोलले विजयी हुन सफल भएको हो ।
यो खेलमा सात पटक सम्म बालोन डी’ओर विजेता मेस्सीलाई आराम दिइएको थियो । मेस्सी गत जुलाईमा डेभिड बेकह्यामको इन्टर मियामीमा आबद्ध भएका थिए त्यसयता उनले लगातार खेलहरू खेलिरहेका छन् । यसअघि उनले विश्वकप छनोट अन्तरगत इक्वेडरविरुद्धको खेलमा विजयी गोल पनि गर्न सफल भएका थिए ।
- न्युज बहार संवाददाता