Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आहारारा पोखरा गोल्डकप : उपाधिका लागि थ्रीस्टार क्लब र विभागीय टोली त्रिभुवन आर्मी बिच भिड्न्त हुने

  •   ३ वर्ष अघि | २० माघ २०८०, शनिबार

माघ २०, पोखरा । आज पोखरामा जारी २३औं संस्करणको आहारारा पोखरा गोल्डकपको उपाधिका लागि थ्रीस्टार क्लब र विभागीय टोली त्रिभुवन आर्मी बिच भिड्न्त हुने भएको छ । पोखरा रंगशालामा खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई १-० ले हराउँदै थ्रीस्टार क्लब फाइनल पुगेको हो भने सेमिफाइनलमा चर्च ब्वाइजलाई २-१ ले पराजित गर्दै विभागीय टिम नेपाल आर्मी उपाधि दौडमा सामेल भएका हो ।

यसअघि २०७५ सालमा आहारारामा अन्तिमपटक दुवै टिम सँगै भिडेका थिए । आर्मीलाई ट्राइबे्रकरमा ५-४ ले स्तब्ध पार्दै उक्त खेलमा थ्रीस्टारले उपाधि हात पारेको थियो ।

आहाराराको फाइनलसम्म त्यसयता दुवै टिम पुग्न सकेका थिएनन् ।

  • न्युज बहार संवाददाता

थप