माघ १५, पोखरा । आज पोखरामा जारी आहारारा
पोखरा गोल्डकपको तेस्रो क्वार्टरफाइनलमा जावलाखेल युथ क्लब र मनाङमर्स्याङ्दी बिच
प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनलका लागि पोखरा रंगशालामा दिउँसो साढे २ बजे प्रतिस्पर्धा
हुनेछ ।
प्रिक्वार्टरमा
जावलाखेल युथ क्लबले मच्छिन्द्रलाई १–० ले पराजित गरेको थियो भने
मनाङमर्स्याङ्दीले बाइ पाउँदै सीधै अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
हालसम्म आहारारा
पोखरा गोल्डकपको इतिहासमा एक पटकमात्रै मनाङमर्स्याङ्दी र जावलाखेलको भेट भएको छ ।
- न्युज बहार संवाददाता