Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालले आज बनाएको ३ किर्तिमान

  •   ३ वर्ष अघि | २७ माघ २०८०, शनिबार

माघ २७, काठमाडौँ । नेपालले क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले शनिबार खेलिएको दोस्रो खेलमा क्यानडालाई चार विकेटले पराजित गरेको हो ।

ब्याट्सम्यान कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले नेपाली टोलीको जितमा तीन अर्धशतकको योगदान दिएका छन । नेपालले आजको जितसँगै तीन खेलको शृंखलामा २–० ले अग्रता हासिल गरेको छ ।

आजको खेलमा नेपालले जित सँगै ३ किर्तीमान बनाएको छ । यो जितमा तेस्रो विकेटका लागि उच्च साझेदारी, सर्वाधिक छिटो अर्धशतक र उच्च योगफलको कीर्तिमान बनेको छ ।

अनिल कुमार साहले नेपाललाई सानदार सुरुवात दिलाउन १९ बलमा अर्धशतक पूरा गरे । नेपालबाट यो ओडिआईमा बनेको सर्वाधिक छिटो अर्धशतक हो ।

कप्तान रोहित पौडेल र देव खनालले तेस्रो विकेटका लागि १५० रनको साझेदारी गरेका थिए । यो नेपालबाट ओडीआईमा बनेको तेस्रो विकेट र समग्रमा दोस्रो ठूलो साझेदारी हो ।

नेपालले ओडीआईमा २८६ रन पूरा गरेको यो उच्च योगफल बराबर हो । 

  • न्युज बहार संवाददाता

थप