Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आशिकी ३ मा कार्तिक आर्यनसँग तृप्ति डिमरीको जोडी

  •   ३ वर्ष अघि | ११ पुस २०८०, बुधबार

पुस ११, काठमाडौँ । केही साता अघी मात्र रिलिज भएको रणवीर कपूरको फिल्म एनिमलमा छोटो तर महत्त्वपूर्ण भूमिकामा देखिएकी तृप्ति डीमारीले निकै वाहवाही बटुलिन् । उनका फ्यानहरूले उनलाई ‘नेशनल क्रश’ नै घोषित  गरिदिएका थिए ।

अब उनै तृप्ति डिमरी कार्तिक आर्यनसँग ‘आशिकी’ फिल्ममा देखिइदैँ छिन । खबरहरू अनुसार आशिकी फ्रेन्चाइजीको सिक्वेलमा काम शुरु भइसकेको छन् । आशिकी ३ लाई अनुराग बासुले निर्देशन गर्न लागेका हुन भने यस फिल्मकालागि कार्तिकलाई शीर्ष भूमिकामा साइन भइसकेका छन । यसै फिल्ममा हिरोइन कसलाई लिन लागिएको छ भन्ने कुरा गोप्य राखिएको थियो ।

तर मेकरहरुले तृप्तिलाई आशिकी ३ मा फिमेल लिडको रुपमा फाइनल गरिएको पिंकविलाको रिपोर्टले जनाएको छ ।  एनिमलको ऐतिहासिक सफलतापछि फिल्मसँग सम्बन्धित एक सुत्रले बताएअनुसार तृप्तिको चर्चा चुलिएको र कार्तिक आर्यनसँग तृप्तिको जोडीले स्क्रिनमा तहल्का मच्चाउनेमा मेकरहरु विश्वस्त रहेका छन् ।

आगामी वर्ष दिवालीमा यो फिल्मलाई रिलिज गरिँनेछ ।

  • न्युज बहार संवाददाता

थप