पुस १७, काठमाडौँ । फिल्म ‘मायावी’को पहिलो गीत सार्वजनिक भएको छ । बुधबार अंग्रेजी नयाँवर्ष २०२५ को अवसर पारेर निर्माताले रोमान्टिक गीत सार्वजनिक गरेका हुन ।
फिल्मका
प्रमुख दुई कलाकार पल शाह र दीपिका प्रसाँइको प्रेम अनुभूतिलाई गीतको भिडियोमा देखाइएको
छ ।
गीतमा एसडी
योगी र सदीक्षा कट्टेलको स्वर रहेको छ ।
- न्युज बहार संवाददाता