माघ २०, काठमाडौँ
। शुक्रबारदेखि हलहरुमा प्रदर्शन सुरु गरेको फिल्म ‘एक्टर : टेक वन’ले सुखद कमाई गरिरहेको छ । प्रदीप खड्का र राजवल्लभ कोइराला स्टारर फिल्मले
प्रिमियरको बेलादेखि नै दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।
यो फिल्मले
रिलिजअघि कानूनी अवरोध पार गर्दै शुक्रबार रिलिज भएको छ । यतिबेला फिल्मलाई अर्को
समस्या आइपरेको छ । फिल्मका लागि अहिले पाइरेसीको
समस्या आइलागेको छ ।
अहिले भिडियो
संजाल टिकटकमा क्लाइमेक्ससहित फिल्मका महत्वपूर्ण दृश्य अपलोड भैरहेका छन् । यसले फिल्मका
लागि चुनौति बनाएको छ ।
- न्युज बहार संवाददाता