असोज १०, काठमाडौँ । आगामी असोज २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ को नयाँ गित सार्वजनिक भएको छ। परदेशी छुकछुके रेलैमा...’ बोलको झ्याउरे गीत सार्वजनिक भएको हो ।
यो गितमा नारायण रायमाझीको निर्देशन रहेको छ भने यस गितमा निर्देशक रायमाझी, टिका पुन, तेजेन्द्र गुरुङ, देवी घर्ती र ममता गुरुङको स्वर रहेको छ । यस गीतमा संगीत प्रेमदेव गिरीले दिएका छन भने नारायण रायमाझीकै शब्द रहेको रहेको छ।
यस गीतमा अभिनेत्री केकी अधिकारी, अभिनेता प्रकाश सपूतसँगै अर्का अभिनेता प्रशान्त तामाङको समेत अभिनय देख्न सकिन्छ ।
- न्युज बहार संवाददाता