मंसिर ३, काठमाडौँ । कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’को औपचारिक घोषणा भएको छ । प्रस्तुतकर्ता थ्री प्र्रोडक्सनले आज सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त शो आउने जानकारी दिएका हुन ।
सगुन
पाण्डे र हिरण बस्नेतले तथा होस्ट तथा निर्देशक विशाल भण्डारीसहित मिलेर शो
निर्माण गर्नेछन । यसअघिको ‘कमेडी क्लब विथ च्याम्पियन’को नाम परिवर्तन गरि यसपाली ‘कमेडी नाइट विथ च्याम्पियन’
राखिएको छ ।
कमेडी नाइट विथ च्याम्पियन शोमा हास्य प्रस्तुति दिने कलाकारको
लाइनअप पनि सार्वजनिक गरिएको छ । यस शो मा भरतमणि
पौडेल, प्रभात लामा, सन्तोष
थापा, मेक्सम गौडेल, सुमन
कोइराला, कैलाश
कार्की, सजन श्रेष्ठ, पवन
भट्टराई र सुमन
कार्कीले पनि दर्शकलाई हँसाउनेछन् ।
- न्युज बहार संवाददाता