फागुन २१, काठमाडौँ । टिकटकमा अब ६० मिनेट सम्मको भिडियो अबलोड
गर्न सकिने भएको छ ।
अहिलेसम्म टिकटकमा अधिकतम १० मिनेटसम्मको भिडियो अपलोड गर्न सकिन्थ्यो
। टिकटकले आफ्नो प्लाटर्फममा अपलोड गर्न सकिने भिडिओको समयावधि क्रमशः बढाउँदै लाने
क्रममा अब ६मिनेट सम्मको भिडियो अपलोड गर्न सकिने बनाएको हो ।
टिकटकमा सुरूवाती
समयमा केबल १५ सेकेडको भिडियो अपलोड गर्न सकिन्थ्यो त्यसपछी क्रमश एक मिनेट, तीन मिनेट हुँदै १० मिनेटसम्म
बनाइएको थियो ।
अन्तराष्ट्रिय
सञ्चार माध्यमहरूले उल्लेख गरे अनुसार अबदेखि भने टिकटकमा ६० मिनेटसम्मको भिडियो
पनि अपलोड गर्न सकिने छ ।
- न्युज बहार संवाददाता