फागुन २१, काठमाडौँ
। नेपालकी प्रियंकारानी जोशी भारतमा जारी मिस वर्ल्डको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा छनोट भएकी छन्
।
नेपालले सोमबार
यो विधाको प्रतिस्पर्धामा सेमिफाइनलिस्ट घोषित भएसँगै आफू यस विधाको लागि
महत्वपुर्ण दाबेदार रहेको सन्देश समेत दिएको छ ।
नेपालसहित उत्कृष्ट
१० मा चेक रिपब्लिक, बोत्स्वाना, ब्राजिल, तान्जानिया, इण्डोनेसिया, युक्रेन, टर्की, युगाण्डा र ट्रिनिडाड एण्ड टोबागो पनि छनोट भएका छन् । यसअघि प्रियंका ‘हेड टु हेड च्यालेन्ज’ विधाको उत्कृष्ट २५ मा पनि छनोट
भएकी थिइन् ।
- न्युज बहार संवाददाता