चैत २, काठमाडौँ
। अघिल्लो सातादेखि प्रदर्शनमा आएको फिल्म ‘होस्टेल ३’ले पहिलो साता पुरा गरेको छ ।
सबैलाई यो फिल्मको कमाई कति भयो होला भन्ने लागिरहेकै होला । यसबारे बक्स अफिस र निर्माताका
र फरक फरक जवाफ दिएका छन ।
फिल्मको
ग्रस कलेक्सन ४ करोड ३२ लाख निर्माताले सार्वजनिक गरेको पहिलो साताको कमाइमा उल्लेख
गरिएको छ भने सरकारको आधिकारिक बक्स अफिसमा २ करोड ६८ लाख रुपैयाँ ग्रस देखाइएको छ
।
दुबैको
डाटामा १ करोड ६४ लाखको अन्तर देखिएको छ ।
कलेक्सनले
जस्तो देखाए पनि ‘होस्टेल ३’ सुपरहिट हुने बाटोतर्फ उन्मुख रहेको
छ । युवा पुस्ताका कलाकारलाई समेटेर बनाइएको यो फिल्मले तन्नेरी कलाकारलाई हलहरुमा
तानिरहेको छ ।
यस फिल्ममा
पारस बम ठकुरी, आशिष
घिमिरे, सिम्रन
पन्त, हेना
नगरकोटी, पदम तामाङ, समा पराजुली, रिहान गिरी, लगायतको मुख्य भूमिका छ ।
- न्युज बहार संवाददाता