भदौ ३१, काठमाडौँ । आगामी माघ २६ गते सौगात मल्ल स्टारर फिल्म ‘हात्तीछाप’ रिलिज हुने भएको छ । आइतबार निर्माताले ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गरी प्रदर्शन मिति समेत घोषणा गरेका हुन् ।
सार्वजनिक क्यारेक्टर पोस्टरमा अभिनेता मल्ललाई चित्रण गरिएको छ । पोस्टरमा उनी बन्दुक लिएर सिंहासनमा बसेका देख्न सकिन्छ ।
यसो पोस्टर हेर्दा लाग्छ, मल्लको पात्र कुनै ‘उन्मत्त’ शासकजस्तो रहेको छ । फिल्ममा सौगात मल्लको चरित्रको नाम ‘बोतल राजा’ राखिएको छ ।
- न्युज बहार संवाददाता