Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

के प्रेम आचार्यको आत्माले शन्ति पाउँला त ?

के प्रेम आचार्यको आत्माले शन्ति पाउँला त ?

  •   ४ वर्ष अघि | ११ माघ २०७९, बुधबार

माघ ११, काठमाडौँ । हिजो बानेश्वरको संसद भवन अघि आफुमाथी प्रेट्रोल खनाएर आत्मदाहाका प्रयास गरेका इलामका प्रेम आचार्यलाई नेपाल पुलिस र अन्य स्थानियको सहयोगमा घटनाबाट उद्धार गरी किर्तिपुर अस्पतालको आइसियुमा राखेर उपचार भईरहेको थियो । भने उहाँको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको थियो । उनको फोक्सोमा पनि धुवाँले असर गरेको प्रारम्भिक रिपोर्ट आएको थियो ।

तर दुख लाग्दो कुरा उपचारको क्रममा प्रेमप्रसाद आचार्यको कीर्तिपुर अस्पतालमा आज निधन भएको छ । अफुले काम गरेको विभिन्न ठाउँवाट रकम नदिएको र दादागिरी गरेर थर्काएको साथै अरु विभिन्न ठाउँबाट पनि आउनु पर्ने पैसा नआएको हुँदा जीवन गारो भएकोले यस्तो गरेको भनि उनले आत्मदाहाको प्रयास गर्ने केही समय अघी आफ्नो सामाजिक सञ्जालमा लेखेका थिय। साथै उनले आफ्नो सामाजिक सञ्जालमा म मरे पनि मेरो देश बाचिरहोस भनेर पनि लेखेका थिय । इलामका प्रेम आचार्यको घटनाले नेपालमा काम गर्न र आफ्नै प्रयासले स्थानीय उत्पादनको प्रवर्द्धन गर्न चाहने प्रतिनिधिको वास्तविकता देखाउँछ। यसले हाम्रो देश नेपालको निति नियम तथा सिस्टम बिग्रँदो छ भन्ने देखाएको छ । त्यस्तै सत्तामा बसेकाहरू पैसाका भोका हुन्छन् र वास्तविक विकास र उचित सिस्टम/प्रणालीको लागि वास्ता गर्दैनन् भन्ने देखाउँछ । यसरी देशको सिस्टम प्रणाली र बिग्रँदो निति नियमको शिकार भएका प्रेम आचार्यको आत्माले शान्ति पाउला त ? आशा गरौं भविष्यमा यस्तो घटना दोहोरिने छैन।

  • Mr. Admin

थप