Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अन्नपूर्ण बेसक्याम्पमा हेलिकप्टर ल्याण्ड गर्दा शुल्क तिर्नुपर्ने

  •   २ वर्ष अघि | २१ फाल्गुन २०८१, बुधबार

फागुन २१, कास्की । अब कास्कीको अन्नपूर्ण बेसक्याम्पमा हेलिकप्टर ल्याण्ड गर्दा शुल्क तिर्नुपर्ने भएको छ ।

अन्नपूर्ण बेसक्याम्पमा हेलिकप्टर ल्याण्ड गर्दा अब कम्पनीले १० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको हो । हेलिकप्टर उडानमा पर्यटन शुल्क लिने गरी अन्नपूर्ण गाउँपालिकाले कार्यविधि बनाएको हो । 

पालिकाले २०७९ सालमा बनाइएको कार्यविधिमा संशोधन सहित फागुन १ गते राजपत्रमा प्रकाशन गरेको जनाएको छ ।

योसँगै बेस क्याम्पमा व्यावसायिक उडान गर्न चाहने कम्पनीले पालिकामा सूचीकरण गर्नुपर्छ ।

छुट्टै ५ हजार सूचीकरणको लागि तिर्नुपर्छ । पालिकाबाट अनुमति लिएका कम्पनीले मात्रै वर्षैभरि उडान भर्न पाउनेछन् । तर सो क्षेत्रमा उद्धारका लागि गरिएको उडानमा भने कुनै शुल्क लाग्दैन । 

  • न्युज बहार संवाददाता

थप