कात्तिक
६, तनहुँ । तनहुँ जिल्लाका किसान सयपत्री फूलखेतीमा आकर्षित हुन थालेका छन् । सयपत्रीको
माग आहिले स्थानीयस्तरमा तिहार तथा हरिबोधनी एकादशीका साथै मंसिरमा
हुने बिबाह ब्रतबन्धका लागि हुने गरेको छ ।
यसका साथै अन्य कार्यक्रमहरुमा पनि यसको माग बढ्दो छ । यही बढ्दो मागलाई
ध्यानमा राख्दै किसान यसतर्फ आकर्षित भएका हुन् । स्थानीय तहले पनि सयपत्री
फूलखेतीलाई सहयोग गर्न थालेको छ ।
यसै
वर्षदेखि पहिलोपटक तनहुँ म्याग्देका तीन जना युवाले सयपत्री फूलखेती सुरु गरेका
छन् । साढे दुई रोपनी जग्गामा म्याग्दे गाउँपालिका–६ धैरेनीमा स्थानीय तिन
युवाहरुले सयपत्री फूलखेती सुरु गरेका हुन्।
तिन
युवाले लगाएको फुल अहिले पुल्न सुरु गरिसकेको छ । तिनमध्ये एक युवाका अनुसार दुई
हजार पाँच सय फूल लगाइएकोमा तिहारका बेला स्थानीयस्तरमै फूलको माग राम्रो रहेको छ
। अहिले स्थानिय सँगै पोखरामा पनि फुल बिक्रीका लागि सम्पर्क भइरहेको छ ।
- न्युज बहार संवाददाता