Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

रैथाने धान संरक्षण गर्ने किसानलाई रु एक-एक हजार अनुदान दिइने

  •   १ वर्ष अघि | ५ असार २०८२, बिहिबार

असार ५, बागलुङ। अहिले रैथाने बाली संरक्षणका लागि थोरै मात्र कार्यक्रम आएका छन् । हाइब्रिडबीउबिजनले कृषि क्षेत्रका पुराना जातहरु लोपजस्तै भइसकेका छन् । यसै सन्दर्भमा रैथाने धान संरक्षण गर्ने किसानलाई बागलुङ नगरपालिका१३ बलेवाको पैयुँपाटाले अनुदान दिने भएको छ । 

वडाले किसानको उत्पादनको आधारमा अनुदान कार्यक्रम घोषणा गरेको हो । रैथानेका लागि तोकिएका पाँच थरी धानको उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम वडा कार्यसमितिले निर्णय गरेर ल्याएको हो । वडाध्यक्ष नारायण शर्मा पौडेलका अनुसार आगामी आर्थिक वर्षको बजेटबाट प्रतिमुरी रु एक-एक हजार अनुदान दिइने ।   रैथाने जातमध्येबाट अनादी, झिनुवा, रमनी, जर्नेली र आँगा जातको धान लगाउने किसानलाई वडाले अनुदान दिन लागेको वडाध्यक्षले जनाएका छन । पौडेलका अनुसार आगामी मङ्सिरमा किसानको खेतमै पुगेर धान भरेपछि नगद हातमा राख्ने गरी बजेट समेत विनियोजन गरिएको

यस विषयमा पौडेलले भने तोकिएको धान लगाएका किसानले असार साउनमै सूचना दिनुहुन्छ, त्यसको रेकर्ड पनि वडाले राख्छवडा समितिका पदाधिकारीकै उपस्थितिमा किसानको धान थन्क्याउने योजना पनि बनाइन्छ ।” 
लोपोन्मुख धान भएकोले जोगाउन यो विधि र नीति लागू गर्न लागिएको हो किसानलाई अनुदान दिन वडाले पहिलो चरणमा रु ५० हजार विनियोजन गरेको

  • न्युज बहार संवाददाता

थप