Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तरकारी बिक्रीबाट प्रशस्त आम्दानी, जीविकोपार्जनमा समस्या छैन

  •   २ वर्ष अघि | १२ पुस २०८१, शुक्रबार

पुस १२, कैलाली ।  व्यावसायिक तरकारी खेतीबाट कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले दैनिक रु दुई हजारसम्म आम्दानी गर्दै आएको बताएका छन् ।   

उनले बिगत बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन । उनले अहिले करिब नौ कठ्ठा जग्गामा व्यावसायिक उत्पादन गरिरहेका छन ।

तरकारी खेतीबाट उनले सबै खर्च कटाएर वार्षिक चारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताएका छन ।

रानाका अनुसार तरकारी बिक्रीबाट प्रशस्त आम्दानी भइरहेकाले जीविकोपार्जनमा समस्या छैन, सानोतिनो समस्या पर्दा छरछिमेक र आफन्तलाई सहयोग गर्न पाएका छन ।  त्यस्तै उनले आफूले ऋण पनि लिनु नपरेको बताएका छन । उनको आठ जनाको परिवार छ । परिवारमा सबै खर्च बालबच्चाको पढाइलेखाइ तरकारी खेतीबाट नै चलेको छ।

उनले आफ्नो बारिमा मौसमी, बेमौसमी सबै किसिमका तरकारी लगाउने गरेका छन । 

दैनिक रु एक हजार पाँच सय देखि बढीमा रु दुई हजारसम्म आम्दानी हुने गरेको छ।

  • न्युज बहार संवाददाता

थप