Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

समयअघी नै पाक्न थाले मुस्ताङका स्याउ

  •   २ वर्ष अघि | १८ भदौ २०८१, मङ्लबार

भदौँ १८, म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपाली भदौंमै खान योग्य बनेको छ । विगतका वर्षमा असोज लागेपछि अली अली गुलियो पस्न सुरु गर्ने स्याउहरु यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको हो । हिराचनका अनुसार पहिले असोज नलागी यहाँको स्याउमा स्वाद नआउनेमा यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको र स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ ।

घरपझोङ गाउँपालिका–३ का किसान किसान कर्मा गुरुङको पनि हिराचनको जस्तै अनुभव रहेको छ । यसपालि विगतको तुलनामा स्याउ छिटो पाकेको व्यावसायिक स्याउखेती गर्दै आएका हिराचन र कर्मामात्र नभएर मुस्ताङका सबैजसो किसान बताउँछन् ।  
किसान तथा कृषि प्राविधिकका अनुसार तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण स्याउ छिटो पाकेको हो । गत हिउँदमा लामो समयसम्म चिसो नरहेको र तापक्रम छिटो बढेकाले केही जातका स्याउ समय अघी नै पाकेको मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत नेत्र भट्टले जनाएका छन ।

भट्टका अनुसार उच्च घनत्वको गाला र रिङरोट जातको स्याउ स्थानीय जातको भन्दा छिटो पाक्छन् स्थानीय जातको स्याउमा पनि गुलियोपना नाप्दा विगतको तुलनामा केही समयअघि पाक्ने देखिएको छ ।

स्याउको गुलियोपना उपकरणको सहायताले नापिन्छ । गुलियोपनाको मात्र १२ प्रतिशत भएपछि स्याउ टिप्न योग्य मानिन्छ । दानाभित्रको रहेको स्याउको गेडा कालो भयो भने पनि स्याउ पाकेको हुन्छ । भदौ १० गतेदेखि उच्च घनत्वको गाला प्रजातिका स्याउ र भदौ १५ गतेदेखि रिङरोट जातको स्याउ टिप्न थालिएको छ ।

  • न्युज बहार संवाददाता

थप