Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दोसल्लेमा व्यावसायिक सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै कृषक

  •   २ वर्ष अघि | ४ पुस २०८१, बिहिबार

पुस ४, म्याग्दी । यस वर्ष म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले रु सात लाख ५० हजार बराबरको  सुन्तला बिक्री गरेका छन् ।

उनले तीन सय ५० बोट सुन्तलाको लगाएका छन । उनले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गरेका थिए। सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको उनले बताए। 

विगत १३ वर्षदेखि दोसल्लेमा सुन्तलाखेती हुन थालेको थियो । यहाँका किसानहरु परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तला खेतीमा आकर्षित हुन थालेका छन ।

सुन्तलाबाट मनग्य नगद आम्दानी हुन थालेपछि प्राय किसानहरु सुन्तलाखेती विस्तारमा जुटेका छन् । अहिले दोसल्ले सुन्तलाखेतीलाई विस्तार र व्यावसायिक बनाउन व्यावसायिक सुन्तला जात कृषक समूह गठन गरेर यहाँका स्थानीय सुन्तलाखेतीमा लागेका छन् । 

  • न्युज बहार संवाददाता

थप