Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

परम्परागत र रैथाने बाली बहस र चासो बढ्दै

  •   १ वर्ष अघि | २८ बैशाख २०८२, आइतवार

वैशाख २८, काठमाडौँ । इलाम जिल्लामा परम्परागत अर्थात रैथाने बाली र जैविक कृषिका विषयमा बहस र चासो बढ्दै गएको छ । परम्परागत रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा स्थानीय किसानले सक्रियता देखाएका छन् । किसानका साथै सरकार र अन्य विभिन्न निकायले पनि यसमा ध्यान दिन थालेका छन् ।

हालै ‘कृषि विकासको बदलिँदो परिवेशमा रैथाने बाली प्रवर्द्धनको औचित्य’ विषयमा राष्ट्रिय कृषक समूह महासङ्घ, इलाम नगर समतिको आयोजनामा छलफल गरिएको थियो । या कार्यक्रममा सहभागीहरुले रैथाने बालीको बहुआयामिक महत्वलाई सरकारले ध्यान दिनुपर्ने बताएका थिए । उक्त विषयमा कार्यपत्र प्रस्तुत गर्दै तीन तहका सरकारले जलवायु परिवर्तनसँग अनुकूल हुने बालीको महत्व बुझ्न आवश्यक रहेको जनाएका छन ।
कृषि ज्ञान केन्द्रको सहयोगमा सरकारले रैथाने बाली संरक्षण र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । दुबैले किसानलाई रैथाने बालीको उत्पादन र बजारीकरणमा सहयोग पुर्याउने प्रयास गरेको छ । अर्को तर्फ होमस्टे सञ्चालकलाई रैथाने परिकार बनाउने तालिमले पनि कृषि पर्यटनलाई प्रोत्साहन दिएको छ । यसले रैथाने बालीको महत्वलाई केही हदसम्म उजागर गरेको छ ।
रैथाने बालीहरु पोषण तत्वले भरिपुर्ण हुन्छन । कोदो, फापर, चिनो, उवा, जौँ, कागुनो आदिमा पोषणतत्व प्रचुर मात्रामा पाइन्छ । यी बालीहरुल कम मल र पानीमा पनि राम्रो उत्पादन दिने खालका हुन्छन । यी बालिहरु जलवायु परिवर्तनसँग पनि अनुकूल छन् । 

  • न्युज बहार संवाददाता

थप