चैत २२, काठमाडौँ
। च्याउको मूल्यमा नेपालमा पछिल्लो समय केही सुधार भएको छ । च्याउको मुल्यमा सुधार
आए पनि किसानले भने लागत उठाउन सकेका छैनन् । च्याउको उत्पादन बढेको तर बजार
घटेकाले किसान मारमा परेको बताएका छन ।
किसान
संघ नेपालका कोषाध्यक्ष विनोद पौडेलले च्याउ उत्पादन गत वर्षको तुलनामा च्याउको
बजार घटेको बताएका छन । ‘दैनिक १०
हजार किलोभन्दा बढी च्याउ काठमाडौँ उपत्यकामा गत वर्ष यो सिजनमा बिक्री हुने गरेको
थियो।’ हाल
त्योभन्दा कम बिक्री भइरहेको छ।
च्याउ
उत्पादनमा किसानको आकर्षण बढे पनि बजार घटेको पौडेलले बताएका छन । यही कारणले किसानले लागत उठाउन नसकेका हुन । पौडेलका
अनुसार मान्छेसँग पैसा नभएर च्याउ
किनेर खान छोडेका हुन भने होटेल, रेष्टुरेन्टमा पनि मसरुम सुप, मसरुम स्टिक, मसरुप पकौडा लगायत च्याउका
परिकार कम पाक्ने गरेको हो ।
- न्युज बहार संवाददाता