Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सामुहिक आलु खेतिमा रमाउँदै आमा समुह

  •   ३ वर्ष अघि | २६ माघ २०८०, शुक्रबार

माघ २६, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ अम्बोटका महिलाले परम्परागतरुपमा गरिँदै आएको गहुँ तथा तोरीखेतीबाट राम्रो आम्दानी नभएपछि सामूहिक आलुखेती गरेका छन् । ३० रोपनी जग्गामा अम्बोट आमा समूहमा आबद्ध ३० महिलाले सामूहिक आलुखेती गरेका हुन् ।

समुदायस्तरमा कृषि उत्पादन प्रवद्र्धन आयोजनाअन्तर्गत कृषि ज्ञान केन्द्र म्याग्दीले सो समूहलाई रु तीन लाख अनुदानबाट दुईवटा हाते ट्र्याक्टर, स्प्रे मेसिन, औजार,  सिँचाइ पाइपलगायत औजार अनुदानमा दिएको छ । अम्बोट आमा समूहकी अध्यक्ष लक्ष्मी घिमिरेका अनुसार रु एक लाख ८१ हजार लागतमा बीउ खरिद गरी आलुखेती विस्तार गरिएको हो ।

समूहमा आबद्ध  ती उत्साहित महिलारुले सहज बजार मूल्य, अनुकुल वातावरण र अनुदान प्राप्त भएपछि दुई हजार पाँच सय ५० किलो खायन प्रजातिको आलुको बीउ लगाएका हुन् ।  अध्यक्ष घिमिरेका अनुसार सिङ्गो गाउँ आलुखेतीमा आकर्षित भएको छ र अनुदान, प्राविधिक सहयोगले आलुखेती विस्तारमा निकै सहज पनि भएको छ । अध्यक्ष घिमिरेले समूहमा काम गर्दा एकापसमा ज्ञान तथा सीप आदानप्रदान समेत भएको र यसपटक लगाइएको आलु राम्रो उत्पादन भएको जनाएकी छन । 

समूहकी सचिव सुनिता घिमिरेका अहुसार अनुदान र समूहको सामूहिक लगानीमा विस्तार गरिएको आलुको उत्पादनसँगै आगामी वर्ष थप अन्य योजना कार्यन्वयन गरिने छ । खेती प्रवद्र्धनका लागि आवश्यक पर्ने तालिमसहित प्राविधिक ज्ञान र नियमित अनुगमनले समेत आलुखेतीका लागि सहज भएको हो । 

  • न्युज बहार संवाददाता

थप