भदौ १, काठमाडौँ । यसपालि देशभर भदौ १ गते सम्म हुँदा ९४ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको दाँजोमा यो परिमाण ४ प्रतिशतभन्दा कम हो ।
१ भदौसम्म
९४.१५ प्रतिशत धान रोपाइँ भएको र २ भदौ २०८१ मा भने ९८.४४ प्रतिशत रोपाइँ भएको कृषि
तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले देखाएको छ ।
१३ लाख ७६
हजार ४ सय ६६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये १ भदौसम्म १२ लाख ९५ हजार ८
सय ८७ हेक्टरमा धान रोपाइँ मन्त्रालयले जनाएको छ ।
- न्युज बहार संवाददाता