पुस २३, काठमाडौँ । सोमबार साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३६.५७ अंक (१.८० प्रतिशत)ले बढेर २०५९.४९ विन्दुमा बन्द भएको छ।
आज नेप्से बढेपनि अघिल्लो
दिनको तुलनामा यस दिन कारोबार रकम भने
सामान्य घटेको छ। यस दिन ३०९ स्टकको ९९ हजार ५२४ पटकको कारोबारमा ४ अर्ब ६७ करोड
५२ लाख रुपैयाँ बराबरको १ करोड ३७ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको
छ। यस दिन त्रिशुली जलविद्युत, सिंगटी हाइड्रो, मोदी इनर्जी, नेपाल वेयर हाउजिङ्ग
कम्पनी, मुक्तिनाथ
कृषि कम्पनी, हिमालयन
रि इन्स्योरेन्स, तेह्रथुम
पावर कम्पनी र समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने यस
दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ५.४६ प्रतिशत घटेको छ।
यस दिन कारोबार रकमका
आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ।
यस
दिन १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ भने बाँकी सबै उपसमूहको
परिसूचक बढेको छ।
आज
सर्वाधिक ३.७३ प्रतिशतले जीवन बीमा उपसमूहको परिसूचक बढेको छ।
- न्युज बहार संवाददाता