Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदन दिने आज अन्तिम दिन ।

  •   ३ वर्ष अघि | ४ भदौ २०८०, सोमवार

भदौ ४, काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओमा आज आवेदन दिने अन्तिम दिन रहेको छ । यस कम्पनिको आइपिओ साउन ३२ गते देखी प्रिमियम मूल्यमा निष्कासन भएको हो।

यस कम्पनिको आइपिओमा सर्वसाधारणले १०० रुपैयाँ अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँका दरले ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

यस कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

केयर रेटिङ नेपालले सन नेपाललाई 'केयर एनपी ट्रिपल बी माइनस इस्युअर' रेटिङ प्रदान गरेको छ। यसले कम्पनी समयमा नै वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित रहेको जनाउँ दिन्छ।

यस कम्पनिको आइपिओमा लगानि गर्न चाहाने लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफ्टवेयरबाट अनलाईन आवेदन दिन सक्नेछन्।

  • न्युज बहार संवाददाता

थप