भदौ १९, काठमाडौँ । आज सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन
दिने अन्तिम दिन रहेको छ । कम्पनिले भदौ १५ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन तथा
बिक्री खुला गरेको हो ।
इन्स्योरेन्सको ९० लाख कित्ता शेयरका लागी प्रतिशेयर
१०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल २४४
रुपैयाँमा सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो।
सर्वसाधारण लगानीकर्ताका लागि
निष्काशन गरेको हो।
इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।
एनआइएमबि एस क्यापिटल इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लिमिटेड रहेको छ।
लगानीकर्ताले इन्स्योरेन्सको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट अनलाईन आवेदन दिन सक्नेछन्।
- न्युज बहार संवाददाता