Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

उत्पादन क्षेत्रका कम्पनीहरुमा आईपीओ निष्कासनको लहर, तत्काल कुन कुन खुल्दैछन?

  •   ३ वर्ष अघि | ८ फाल्गुन २०८०, मङ्लबार

फागुन ८, काठमाडौँ । पछिल्लो केही समय यता उत्पादन क्षेत्रका कम्पनीहरुमा आईपीओ निष्कासन गर्ने लहर नै चलेको छ । यही समूहका दुई कम्पनीहरु सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासनका सबै प्रक्रिया पूरा गरी सकेका छन भने तीबाहेक उत्पादन क्षेत्रका अरु ४ कम्पनी धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति लिन पाइपलाइनमा रहेका छन् ।

४ कम्पनी मारुती सिमेन्ट, एसवाई प्यानेल, सौर्य सिमेन्ट र जगदम्बा स्टिल अहिले आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डको पाइपलाइनमा छन् ।

यी मध्ये कतिपय कम्पनीले साधारणसभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव लगेर पारित गर्ने र बिक्री प्रवन्धक नियुक्ति गर्ने जस्ता प्रारम्भिक चरणका कार्यहरु गरिसकका छन ।

अन्य धेरै कम्पनिहरु प्रभु स्टिल, लक्ष्मी स्टिल, अम्बे स्टिल, सर्वोत्तम स्टिललगायतले आईपीओ निष्कासनका लागि प्रारम्भिक चरणका कार्यहरु गर्दैछन् ।

यी मध्ये छिट्टै आईपीओ निष्कासन हुने कम्पनिमा सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स रहेका छन

यी कम्पनिहरु मध्ये सर्वोत्तम सिमेन्टले संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारमा रहेका तथा प्रभावित स्थानीयका लागि आईपीओ बाँडफाँट गरेर सर्वसाधारणका लागि फागुन १३ देखि आवेदन खुला गर्ने सुचना निकालेको छ । यस कम्पनीले सर्वसाधारणका लागि कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । सर्वसाधारणका लागि बुक बिल्डिङ पद्दतीबाट कम्पनीको आईपीओ मूल्य ३६० रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ।

त्यसैगरी रिलायन्स स्पिनिङ मिल्सले पनि बुक बिल्डिङ पद्दतीबाट छिट्टै आईपीओ निष्कासन गर्दैछ । कम्पनिको संस्थागत योग्य लगानीकर्ताबाट बोलकबोल प्रक्रिया पूरा भई मूल्य तय भइसकेको छ । यस कम्पनिको सेयर प्रतिकित्ता ९१२ रुपैयाँमा योग्य संस्थागत लगानीकर्ताले खरिद गरेका छन् भने सर्वसाधारणलाई यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा पर्न जानेछ । यस कम्पनीको आईपीओ सर्वोत्तम लगत्तै खुल्ने जनाइएको छ ।

  • न्युज बहार संवाददाता

थप