Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

झिनो अंकले बढेको नेप्सेमा तीन लघुवित्त कम्पनीको मुल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार

  •   २ वर्ष अघि | ३ जेष्ठ २०८१, बिहिबार

जेठ ३, काठमाडौँ । बिहिबार साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक झिनो अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ विन्दुमा बन्द भएको हो ।

आज अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बृद्धी भएको छ । बजारमा यस दिन ३१५ स्टकको ५७ हजार २१८ पटकको कारोबारमा ४ अर्ब २३ करोड रुपैयाँ बराबरको ८२ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन लघुवित्त कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था, जाल्पा लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यस दिन माण्डु हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ५.७६ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनिको आज ४३ करोड ९० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमुह मध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८० प्रतिशतले बढेको छ यस दिन १ प्रतिशतभन्दा बढी विकास बैंक र वित्त उपसमूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप