Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

शेयर बजारमा आज पनि निरासा, १०.२५ अंकले घट्यो नेप्से

  •   ३ वर्ष अघि | १० माघ २०८०, बुधबार

माघ १०, काठमाडौँ । शेयर बजारमा आज पनि निरासा छाएको छ । पछिल्लो ५ कारोबार दिनदेखि नेप्से परिसूचक निरन्तर ओरालो लागिरहेको छ ।

आज बुधबार नेप्से परिसूचक १०.२५ अंक(  ०.४८ प्रतिशत)ले घटेर २०८८.०४ विन्दुमा बन्द भएको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। यस दिन ३११ स्टकको ९० हजार २१० पटकको कारोबारमा ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँ बराबरको १ करोड १० लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मिड सोलु हाइड्रोपावर  र चन्द्रागिरी हिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने यस दिन तेह्रथुम पावर कम्पनीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन पनि कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढ्दा बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।

आज म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१४ प्रतिशत र बैंकिङ्ग उपसमूहको परिसूचक ०.०९ प्रतिशतले बढेको छ ।

यस दिन १ प्रतिशतभन्दा बढी जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप