कार्तिक १२, काठमाडौँ । कारोबारमा आएको पहिलो दिन नै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयर मुल्य नकारात्मक सर्किट लागेको छ । यस कम्पनिले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा शेयर निष्काशन गरेको थियो ।
दशैं अघिको अन्तिम कारोबार दिन कम्पनीको शेयर नेप्सेमा सूचीकृत भइ आज (कात्तिक १२ गते) देखि कारोबारमा आएको हो।
यस कम्पनीको शेयरले पहिलो कारोबारका लागि १४२ रुपैयाँ १ पैसादेखि ४२६ रुपैयाँ ३ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो । स्पेशल प्रि ओपन सेसनमा यस दिनको ३५० रुपैयाँमा कारोबार खुलेको थियो। नियमित बजार खुल्ने बित्तीकै ओरालो लागेको कम्पनीको शेयर अहिले १० प्रतिशत घटेर ३५० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता