जेठ १, काठमाडौँ । आज जेठ १ गते मंगलबारबाट १० प्रतिशतले ब्रोकर कमिसन घटेको छ।
धितोपत्र
बोर्डको बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले ब्रोकर कमिसन १० प्रतिशतले
घटाउने निर्णय गरेको थियो। सोही अनुसार आजबाट घटेको ब्रोकर कमिसन लागु भएको छ ।
नयाँ
कमिसन दर अनुसार आजबाट लगानीकर्ताले ५० हजार रूपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख
रूपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, पाँच लाखदेखि २० लाख
रूपैयाँसम्मको कारोबारमा ०.३१ प्रतिशत, २० लाखदेखि एक करोड रूपैयाँसम्म ०.२७
प्रतिशत र १ करोड रूपैयाँभन्दा माथिको कारोबारमा ०.२४ प्रतिशतसम्म कमिसन तिर्नुपर्ने
हुन्छ ।
- न्युज बहार संवाददाता