असोज
१३, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।
आइतबार नेप्से परिसूचक
२२.३६ अंकले घटेर २४६४.४० विन्दुमा बन्द भएको हो ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बजारमा यस
दिन ३२७ स्टकको ५८ हजार ४०१ पटकको कारोबारमा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँ
बराबरको १ करोड ३ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सर्वाधिक ६.५५
प्रतिशतले विन नेपाल लघुवित्तको शेयरमूल्य बढेको छ । यस दिन अप्पर साङ्गे हाइड्रोपावरको
शेयर नकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन कारोबार रकमका
आधारमा एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। उक्त इन्स्योरेन्सको यस दिन १५
करोड ९२ लाख ३० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएको १३
उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ।
यस दिन १.०३ प्रतिशतले उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ भने यस दिन सर्वाधिक
२.९७ प्रतिशतले व्यापार उपसमूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता