असोज ८, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से
परिसूचक ५.८९ अंक(०.२९ प्रतिशत)ले घटेर २००४.४५ बिन्दुमा बन्द भएको छ।
अघिल्लो
दिनको तुलनामा यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
यस दिन
२८४ वटा धितोपत्रको ६५ लाख १६ हजार ६ कित्ता सेयर किनबेचबाट १ अर्ब ५६ करोड ५५ लाख
७३ हजार ४७१ रुपैयाँ कारोबार भएको छ ।
आज
नेप्सेमा तीन वटा जलविद्युत कम्पनी माई खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्यमा
सकारात्मक सर्किट लागेको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा थ्री स्टार
हाइड्रोपावर र शुभम् पावर रहेका छन्।
यस दिन नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार
भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र जलविद्युत समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्सेमा गिरावट आएको छ ।
सोमबार सर्वाधिक ०.९५ प्रतिशतले लगानी समूहको परिसूचक घटेको हो।
- न्युज बहार संवाददाता