Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२२.१० अंकले बढेको नेप्सेमा लघुवित्त उपसमूहमा सर्वाधिक बृद्धी

  •   ३ वर्ष अघि | २७ फाल्गुन २०८०, आइतवार

फागुन २७, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ ।  

यसदिन नेप्से परिसूचक २२.१० अंक(१.०८ प्रतिशत)ले बढेर २०५२.६५ विन्दुमा बन्द भएको छ।

नेप्से दोहोरो अंकले बढ्दा यस दिन कारोबार कम पनि बढेको छ । आइतबार ३०४ स्टकको ५६ हजार ७२६ पटकको कारोबारमा २ अर्ब ९२ करोड २७ लाख रुपैयाँ बराबरको ७० लाख ४३ हजार ४ सय ५७ कित्ता शेयर किनबेच भएको छ।

आज विन नेपाल लघुवित्त र जालपा सामुदायीक लघुवित्त कम्पनिको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सर्वाधिक ७.०६ प्रतिशतले चिरख्वा हाइड्रोपावर कम्पनिको शेयर मुल्य घटेको छ ।

आइतबार शेयर कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको २२ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक घटेको छ भने १२ उपसमूहको परिसूचक बढेको छ ।

यस दिन सर्वाधिक ०.१२ प्रतिशतले हाइड्रोपावर उपसमूहको परिसूचक घटेको छ भने कारोबारमा आएका लघुवित्त उपसमूहको परिसूचक ४.२१ प्रतिशतले बढेको छ ।

  • न्युज बहार संवाददाता

थप