भदौ २९, काठमाडौँ । आजदेखि मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका
लागि आईपीओ निष्काशन खुला गरेको छ ।
कम्पनिले ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो ।
यस कम्पनिको आईपीओमा न्यूनतम १० कित्ता देखी अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आईपीओको निष्काशन बन्द छिटोमा असोज २ गते हुनेछ भने ढिलोमा असोज १२ गते रहने छ ।
इक्रा नेपालले आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यस्तो रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।
एनआईसी एशिया क्यापिटल लिमिटेड कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ।
सर्वसाधारण लगानीकर्ताले आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ बाट अनलाइन प्रयोग आवेदन दिन सक्नेछन्।
- न्युज बहार संवाददाता